४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मी दरबार नेपालमै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा



गुल्मी । नेपालमै पहिलोपटक गुल्मी दरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । गाँउपालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराएका छन् । घोषणासभामा उनले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिए ।
गुल्मीदरबार गाउँपालिकाका दिवङ्गत तत्कालीन गाउँपालिका अध्यक्ष अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षीय दीर्घकालीन योजना बनाउँदा पोषण तथा मातृशिशु सेवालाई प्राथमिकता दिएको थियो । सोही योजना र कार्यक्रमअनुसार गाउँपालिकाले स्थापनाकालदेखि नै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल व्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण गर्ने, नेपालमै पहिलोपटक एकीकृत पोषणसम्बन्धी ‘कस्तो छ आमा’ कार्यक्रमको सुरुआत, बर्थिङ सेन्टर सञ्चालन र बलिथुम स्वास्थ्य चौकीलाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।
गाउँपालिका प्रमुख सरोजकुमार थापाले नागरिकका स्वास्थ्यप्रतिको आशा स्थानीय सरकारसँग निकै बढिरहेको बताए । स्थानीय सरकारलाई आफ्ना बजेटका सीमाका कारण नागरिकका सबै आशाहरूलाई पूरा गर्न चुनौती रहेको भन्दै व्यवस्थित योजनामार्फत अभियानलाई निरन्तरता दिने विषयमा आफूहरू प्रतिबद्ध रहेको बताए ।
अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला सुआहारा, एकीकृत ग्रामीण विकास समाज गुल्मीले नियमित अनुगमन र सुझाव दिइरहेको थियो । पाँच वर्षको निरन्तर प्रयासपश्चात् अहिले गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारसहित नेपालमै पहिलो अभियान घोषणा गर्न सकिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले बताए । नियमित खोपतर्फ गाउँपालिका पूर्णखोप र कोभिड–१९ खोप पनि पूर्णखोप गाउँपालिका सुनिश्चित भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्री, छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र स्वास्थ्य कार्यालयलका जनस्वास्थ्य अधिकृत बोम अर्याललगायतले पोषणमैत्री कार्यक्रलाई दिगोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १० : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको