७ पुस २०८२, सोमबार | December 22, 2025

अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित



पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि बुधबार पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारहरूको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक बोलाएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले आज एक विज्ञप्ति जारी गरी पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको जानकारी गराएका हुन् । स्थगित गरिनुको कारण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
मुख्यमन्त्रीको यो सम्मेलन दोस्रोपटक हुन लागेको हो । यसअघि गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ भदौ २१ र २२ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको बैठकले नौबुँदे घोषणापत्र जारी गरेको थियो । भेलाले विभिन्न  निर्णयहरू गरेको थियो। तर, निर्णय गरेको पाँच वर्ष हुन लाग्दासमेत भेलाले गरेका निर्णयहरू हालसम्म कार्यान्वयन भएका छैनन्।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ९ : ५७ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र