४ पुस २०८२, शुक्रबार | December 20, 2025

खाताबाट रकम हराएकोबारे माछापुच्छ्रे बैंकले भन्यो – बैंक सिस्टममा कुनै पनि समस्या छैन



काठमाडौं । माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचार गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले खाताबाट रकम हराएकोबारे आफ्नो सिस्टममा कुनै पनि समस्या नदेखिएको जनाएको छ । बैंकले गरेको अनुसन्धानमा सबै रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरेको देखिएको जानकारी पनि बैंकले दिएको छ ।

बैंकको सिस्टममा कुनै समस्या नभएको र बैंकबाट पठाइएका सबै एसएमएस, एक्टिभेसन कोड र ओटिपी ग्राहककै मोबाइलमा गएको देखिएकाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराइ वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुर्याइ उक्त कारोबार हुन नसक्ने बैंकले ठहर गरेको छ ।

यस विषयमा प्रहरीबाट थप अनुसन्धान सुरु भैसकेको जानकारी पनि बैंकले दिएको छ । ग्राहकहरुको बैंक खातामा रहेको बचत पूर्णरुपमा सुरक्षित रहेको स्पष्ट पार्दै बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन पनि सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको