२२ चैत्र २०८२, आइतबार | April 6, 2026

खाताबाट रकम हराएकोबारे माछापुच्छ्रे बैंकले भन्यो – बैंक सिस्टममा कुनै पनि समस्या छैन



काठमाडौं । माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचार गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले खाताबाट रकम हराएकोबारे आफ्नो सिस्टममा कुनै पनि समस्या नदेखिएको जनाएको छ । बैंकले गरेको अनुसन्धानमा सबै रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरेको देखिएको जानकारी पनि बैंकले दिएको छ ।

बैंकको सिस्टममा कुनै समस्या नभएको र बैंकबाट पठाइएका सबै एसएमएस, एक्टिभेसन कोड र ओटिपी ग्राहककै मोबाइलमा गएको देखिएकाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराइ वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुर्याइ उक्त कारोबार हुन नसक्ने बैंकले ठहर गरेको छ ।

यस विषयमा प्रहरीबाट थप अनुसन्धान सुरु भैसकेको जानकारी पनि बैंकले दिएको छ । ग्राहकहरुको बैंक खातामा रहेको बचत पूर्णरुपमा सुरक्षित रहेको स्पष्ट पार्दै बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन पनि सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ३३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको