३१ बैशाख २०८१, सोमबार | May 13, 2024

लुम्बिनी प्रदेशसभाको जेठ १२ गतेबाट बजेट अधिवेशन



भालुवाङ । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयबाट आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफासिमा अधिवेशन आह्वान भएको जनाइएको छ । नेपालको संबिधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० जेठ १२ गते शुक्रबार दिनका १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी)मा माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको छ । विज्ञप्तिमा लेखिएको छ ।

मुख्यमन्त्रीले जेठ ९ गते संबिधानको १८३(१) र १६६(२) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस भए बमोजिम शेरचनबाट अधिवेशन आह्वान भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्म अर्याल बेलवासेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ३ : ४४ बजे

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले