८ बैशाख २०८१, शनिबार | April 20, 2024

आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना



काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी,  बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश,  बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ६ : ४५ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका