५ पुस २०८२, शनिबार | December 20, 2025

भेरी अस्पतालमा सेवा स्तरोन्नति, १ हजार ३ सय कर्मचारीको काम ३ सय ५० बाट गराइँदै



नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उनले जानकारी दिए । करिब रु ३४ करोडको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याइने डा चापागाईँकोे भनाइ छ ।

आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार रातो, पहेँलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ । बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ । सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ । यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए ।

भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षणसमेत गराइएको छ । अस्पतालमा एक हजार तीन सय ७६ कर्मचारी आवश्यक हुने भएपनि हाल ३५० कर्मचारीबाट अस्पतालले सेवा दिइरहेको छ ।

अस्पतालमा २०५८ सालमा स्वीकृत गरिएको १५६ जना कर्मचारीको दरबन्दीलाई अहिले सम्म पुनरामवलोकन गरिएको छैन । १५६ सरकारी दरबन्दी, १०५ अस्पताल विकास समितिको दरबन्दी र ५६ कोभिडको कार्य सम्पादन गर्न राखिएका कर्मचारीबाट अस्पतालको सेवा प्रवाह हुने गरेको छ ।

अस्पतालले एक आर्थिक वर्षमा झण्डै पौने २ लाख विरामीलाई सेवा दिन थालेपछि सरकारले ५ सय शैयाको विशिष्टिकृत अस्पतालकारुपमा स्तरोन्नती गरेको हो । विरामीको उच्च चाप रहने अस्पतालको विकास समितिको कार्यावधि बुधबार समाप्त भएपनि नयाँ समिति भने सरकारले गठन गरेको छैन । बुधबार अवधि समाप्त भएको प्रमोद धिताल नेतृत्वको समितिलाई कायार्मवधि नसकिँदै हटाएर नयाँ समिति गठन गरिएपनि अदालतले नयाँ समिति खारेज गरिदिएको थियो ।

भेरी अस्पताल कर्णाली र सुदुर पश्चिम प्रदेशको समेत रिफर अस्पतालकारुपमा रहँदै आएको छ । अस्पतालमा दरबन्दी मिलान नगरिए सेवामा नकारात्मक प्रभाव देखिने बुधवार बिदाई भएका विकास समितिका सदस्य धन वलीले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : ५६ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने