२५ भदौ २०८३, बिहिबार | September 10, 2026

३५ किलो चाँदीका गहनासहित विराटनगरबाट तीन जना पक्राउ



विराटनगर । विराटनगरमा सुन चाँदी चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगरबाट पक्राउ पर्नेको साथबाट चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको छ ।

मोरङ प्रहरीले बुधबार राति चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए ।

सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट उनीहरूलाई विराटनगर १२ मा रहेको कोशी प्रोजेक्ट सडक खण्डबाट पक्राउ गरेको पोखरेलले बताए ।

पक्राउ परेका तीनै जना चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ७ : ५३ बजे

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव