४ पुस २०८२, शुक्रबार | December 19, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणको बयान प्रेमप्रसाद न्यौपानेको इजलासमा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको बयान आजबाट सुरु हुँदैछ । । सो प्रकरणमा पक्राउ परेका १६ जनाको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा आजबाट उनीहरूको बयान लिइनेछ ।

शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा अदालतमा मुद्दा दर्ता गरेकोमा १६ जनालाई पक्राउ गरेको छ भने १४ जना फरार छन् ।

अदातलतको कार्यतालिका अनुसार पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीश न्यौपानेसामु बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा सामान्य तारेखमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगीलगायत कसुर गरेको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध ठगीसहित सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ११ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको