७ पुस २०८२, सोमबार | December 22, 2025

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा बयान सुरु, अहिले केशव दुलाल र सागर राईको बयान लिइँदै



काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु भएको छ । पक्राउ परेका प्रतिबादीहरुको शुक्रवारबाट बयान लिन शुरु भएको हो ।

उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपाने समक्ष बयान लिले क्रम सुरु भएको छ । अहिले आरोपी केशव दुलाल र सागर राईको बयान जारी छ ।

नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता गरिएका मध्यक्ष १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

नेकपा (एमाले) का सचिव (निलम्बित)टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको अभियोजन सहित मुद्दा दर्ता भएको छ ।

पक्राउ परेकाहरूलाई अदालतमा बयान गराइनेछ । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  २ : ०६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८