२१ मंसिर २०८२, आइतबार | December 7, 2025

२० मिनेटलाई स्थगित संसद बैठक अझै सुचारु भएन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद सहमति नजुटेपछि सुचारु हुन सकेको छैन ।

आज मध्यान्ह बैठक सुरु भए लगतै पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा एमाले सांसदहरुले आपत्ति जनाएका थिए । २ दिन अघि संसदमा बोल्दै दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर भ्रष्टाचार भएको भनेका थिए ।

दाहालको जवाफमा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए । नम्वाङले छिनोफानोको माग गरेपनि एमालेका सांसदहरुले भने आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गर्दै रोष्ट्रम घेर्न पुगेका थिए।

सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारु गर्न आग्रह गरे लगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उठेर संसादमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरे । सभामुखले बैठक स्थगित गरे ।

संसद बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । त्यो छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला सहभागी थिए । उनीहरुले माओवादी सांसदले माफी माग्नुपर्ने माग गरेका थिए ।

तर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरेपछि सहमति हुन नसकेको बताइउको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले पनि जलहरी प्रकरण के हो प्रष्ट हुनुपर्ने बताएको भएपनि बैठकमा माफी माग्नुपर्ने अडानमा एमाले सचेतक रहेपछि सहमति नभएको बैठकमा सहभागी एक सांसदले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ४ : १३ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा