३ चैत्र २०८२, मंगलबार | March 17, 2026

शम्भु थापा सहितका वकिलहरुले नक्कली शरणार्थी प्रकरणमा आरोपितको प्रतिरक्षामा बहस नगर्ने



काठमाडौं । व्यवसायका लागि जस्तोसुकै मुद्दामा बहस गर्न तयार हुने भनेर कानुन व्यवसायीमाथि प्रश्न उठिरहेका बेलाम नेपालका केही कानुन व्यवसायीहरुले भने यस फटक आफ्नो फरक पहिचान प्रकट गरेका छन् । यसअघि व्यवसायीक धर्म भन्दै जूतो सुकै मुद्दामा बहस गर्न तयार हुने गरेका केही कानुन व्यवसायीहरुले यसपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरुको कानुनी प्रतिरक्षा नगर्ने घोषणा गरेका छन् ।

काठमाडौको एक स्थानमा अनौपचारिक बैठक गरेर उनीहरुले कुनै सार्वजनिक प्रतिक्रिया नजनाउने तर ‘व्यस्तताको कारण’ भन्दै मुद्दा नहेर्ने निर्णय गरेको ती वकिल निकट स्रोतले जनाएको छ । अनौपचारिक छलफलबाट आरोपितहरुको कानुनी प्रतिरक्षा नगर्ने निर्णय गरेपनि सार्वजनिकरुपमा भने उनीहरुले ‘व्यक्तिगत रुचि’ भनेर अभिब्यक्ति दिने समझदारी समेत गरेको बताइएको छ ।

छलफलमा शरणार्थी प्रकरण राष्ट्रहित विरुद्धको काम र यो प्रकरणले मुलुकको छवि नै अन्तर्राष्ट्रियस्तरमा गिराउने गरी लज्जाको विषय बनेको निश्कर्ष निकालेको बैठकमा सहभागी एक कानुन व्यवसायीले बताए ।

छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, डा. चन्द्रकान्त ज्ञवाली र टीकाराम भट्टराई सहभागी रहेको र उनीहरुले सो मुद्दाको ‘बहस पैरवीबाट टाढा रहने’ सहमति गरेको बताइएको छ ।

नेपालको संविधानमै कुनै पनि मुद्दाको आरोपितले कानुन व्यवसायी राख्न र आफ्नो पक्षबाट वकालत गराउन पाउने हकलाई मौलिक हकमा राखिएको भएपनि अहिले सम्म आरोतिहरुको पक्षबाट कुनै वकालतनामा दर्ता नभएको बताइएको छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ६ : ३५ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी