१६ माघ २०८२, शुक्रबार | January 30, 2026

शम्भु थापा सहितका वकिलहरुले नक्कली शरणार्थी प्रकरणमा आरोपितको प्रतिरक्षामा बहस नगर्ने



काठमाडौं । व्यवसायका लागि जस्तोसुकै मुद्दामा बहस गर्न तयार हुने भनेर कानुन व्यवसायीमाथि प्रश्न उठिरहेका बेलाम नेपालका केही कानुन व्यवसायीहरुले भने यस फटक आफ्नो फरक पहिचान प्रकट गरेका छन् । यसअघि व्यवसायीक धर्म भन्दै जूतो सुकै मुद्दामा बहस गर्न तयार हुने गरेका केही कानुन व्यवसायीहरुले यसपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरुको कानुनी प्रतिरक्षा नगर्ने घोषणा गरेका छन् ।

काठमाडौको एक स्थानमा अनौपचारिक बैठक गरेर उनीहरुले कुनै सार्वजनिक प्रतिक्रिया नजनाउने तर ‘व्यस्तताको कारण’ भन्दै मुद्दा नहेर्ने निर्णय गरेको ती वकिल निकट स्रोतले जनाएको छ । अनौपचारिक छलफलबाट आरोपितहरुको कानुनी प्रतिरक्षा नगर्ने निर्णय गरेपनि सार्वजनिकरुपमा भने उनीहरुले ‘व्यक्तिगत रुचि’ भनेर अभिब्यक्ति दिने समझदारी समेत गरेको बताइएको छ ।

छलफलमा शरणार्थी प्रकरण राष्ट्रहित विरुद्धको काम र यो प्रकरणले मुलुकको छवि नै अन्तर्राष्ट्रियस्तरमा गिराउने गरी लज्जाको विषय बनेको निश्कर्ष निकालेको बैठकमा सहभागी एक कानुन व्यवसायीले बताए ।

छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, डा. चन्द्रकान्त ज्ञवाली र टीकाराम भट्टराई सहभागी रहेको र उनीहरुले सो मुद्दाको ‘बहस पैरवीबाट टाढा रहने’ सहमति गरेको बताइएको छ ।

नेपालको संविधानमै कुनै पनि मुद्दाको आरोपितले कानुन व्यवसायी राख्न र आफ्नो पक्षबाट वकालत गराउन पाउने हकलाई मौलिक हकमा राखिएको भएपनि अहिले सम्म आरोतिहरुको पक्षबाट कुनै वकालतनामा दर्ता नभएको बताइएको छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ६ : ३५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला