११ भदौ २०८३, बिहिबार | August 28, 2026

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक, मोदीसँग उच्चस्तरीय भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका प्रकाशित भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र भारतीय विदेशमन्त्रालयले एकै समयमा भ्रमण तालिका सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । आर्थिक वर्षको बजेट पेश भएको पर्सिपल्टै हुन लागेको भ्रमण जेठ २० गतेसम्म हुनेछ । गत पुसमा प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीको साथमा उच्चस्तरीय प्रतिनिधिमण्डल रहने जनाइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारी भेट गर्नेछन् । यस्तै समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय साझेदारीका विविध विषयमा महत्वपूर्ण छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अन्य भारतीय विशिष्ट व्यक्तिले समेत भेट गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डले औपचारिक कार्यक्रममा अतिरिक्त उज्जैन र इन्दौर भ्रमण गर्ने कार्यतालिका पनि रहेको छ।

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ११ : ३२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि