१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनल: सम्पन्न



बुटवल । बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनलस्: सम्पन्न भएको छ । कार्यक्रम बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह बुटवल रक्सको आयोजनामा सो कार्यक्रम शनिबार बुटवलको द कन्सेप्टमा भएको हो ।

सक्रियताका साथ अगाडि बढेको सांगीतिक समूहले लाइभ म्यूजिक कन्सर्टमा ६ वटा ब्याण्डले २ दर्जन बढी गीत प्रस्तुत गरेको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए । कार्यक्रममा अमाध्यम, द नेचर, सिन्थेसिस नेपाल, प्रनिस एण्ड टिम, अन्तिम पन्ना, मनिस एण्ड फ्रे्न्डस् व्याण्डहरुको प्रस्तुती थियो ।

समूहमा बुटवल, भैरहवा, सैनामैना, पाल्पा लगाएतका क्षेत्रहरुबाट १५० भन्दा बढी सदस्य रहेका छन् । लाइभ म्यूजिक कन्सर्टमा एउटा व्याण्डले ३ देखि ५ वटा गीत प्रस्तुत गरेको गायक श्रेष्ठले बताए । समूहले हरेक वर्ष सामूहिक लाइभ म्यूजिक कार्यक्रम गर्दै आएको छ । शनिबार सम्पन्न कन्सर्ट पाचौं संस्करणको कार्यक्रम हो ।

‘पहिलेको वर्षमा हरेक पटक-फरक फरक ब्याण्डहरुको दमदार प्रस्तुति भएसँगै यस पटकको कार्यक्रम परिस्कृत र उत्साहजनक रुपमा सम्पन्न भएको छ स कार्यक्रम संयोजक अनुप प्रधानले बताए । स्थानीय ६ व्याण्डका दर्जनौं कलाकारको प्रस्तुती एकैदिन एकैठाउँ भएको उक्त कन्सर्टमा २ सय ५० जना भन्दा बढीले सहभागिता जनाएको द कन्सेप्टका प्रबन्ध निर्देशक अतित थापाले जनाए ।

कार्यक्रममा विभिन्न व्याण्ड तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको बुटवल रक्सका सचिवर फाउनडर अनुप प्रधानले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : १८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा