७ श्रावण २०८३, बिहिबार | July 23, 2026

घोराही सिमेन्टको आईपीओ बाँडफाँट



काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको छ ।

कम्पनीले रितपूर्वक आवेदन दिएका सबै आवेदकहरूलाई कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको जानकारी गराएको छ । यद्यपि, यसले वैदेशिक रोजगारीमा रहेकालाई वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

यसआधारमा जारी भएकोमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ । वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइटबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । यस्तै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।

यता, आयोजना प्रभावित स्थानीयका लागि भने हाल आईपीओ खुला रहेको छ । स्थानीयले ३ लाख ९७ हजार १९० कित्ता आइपीओका लागि जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । घोराहीले फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आईपीओ जारी गरेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ११ : ४१ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी