२० मंसिर २०८२, शनिबार | December 6, 2025

घोराही सिमेन्टको आईपीओ बाँडफाँट



काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको छ ।

कम्पनीले रितपूर्वक आवेदन दिएका सबै आवेदकहरूलाई कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको जानकारी गराएको छ । यद्यपि, यसले वैदेशिक रोजगारीमा रहेकालाई वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

यसआधारमा जारी भएकोमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ । वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइटबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । यस्तै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।

यता, आयोजना प्रभावित स्थानीयका लागि भने हाल आईपीओ खुला रहेको छ । स्थानीयले ३ लाख ९७ हजार १९० कित्ता आइपीओका लागि जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । घोराहीले फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँको दरले आईपीओ जारी गरेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ११ : ४१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति