१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

समाचार प्रति संस्कृतिविद् शाक्यको असहमति



बुटवल । ‘विधि मिचेर गृहमन्त्रीलाई गरिएको म्ह पूजाप्रति आपत्ति’ शिर्षकमा खबरकुरामा आज प्रकाशित समाचारमा संस्कृतिविद् विमलबहादुर शाक्यले असहमती प्रकट गरेका छन् ।

आज मध्यान्ह टेलिफोनमार्फत संस्कृतिविद् शाक्यले खबरकुरामा आएको जस्तो आफुले नबोलेको र नबोलेको कुरा हालेर आफुलाई विवादमा पार्न खोजिएको भन्दै न्युज हटाउन भनेका छन् ।

आफुले विवादित कुनै कुरा नबोलेको र समाचारमा आएजस्तै गरी आपत्ति नजनाएको उल्लेख गर्दै समाचार नहटाए आफु मुद्दामा जाने चेतावनी पनि उनले दिएका छन् । नबोलेको कुरालाई खण्डन पठाउन पटक पटक आग्रह गर्दा पनि आक्रोशमा आएका शाक्यले समाचार नहटाए राम्रो नहुने समेत बताएका छन् । पटक पटक भर्खर डिलिट गर्न चेतावनी दिएका उनले डिलिट नगरे आफुले नछाड्ने धम्की समेत दिएका छन् ।

जस्ले जसरी पूजा गरेपनि आफुलाई किन आपत्ति हुने भन्दै शाक्यले बेकारको कुरामा समाचार बनाएको आरोप समेत लगाएका छन् ।

शाक्यले बुधबार साँझ खबरकुराले मागेको प्रतिक्रियामा आफु एमाले भएकाले बोल्दा विवाद आउने होकी भन्दै म्ह पूजामा जानुमा गृहमन्त्रीको दोष नभएको तर आयोजकले बिधि नपुर्याएको बताएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ३ : २५ बजे

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले