३ श्रावण २०८३, आइतबार | July 19, 2026

समाचार प्रति संस्कृतिविद् शाक्यको असहमति



बुटवल । ‘विधि मिचेर गृहमन्त्रीलाई गरिएको म्ह पूजाप्रति आपत्ति’ शिर्षकमा खबरकुरामा आज प्रकाशित समाचारमा संस्कृतिविद् विमलबहादुर शाक्यले असहमती प्रकट गरेका छन् ।

आज मध्यान्ह टेलिफोनमार्फत संस्कृतिविद् शाक्यले खबरकुरामा आएको जस्तो आफुले नबोलेको र नबोलेको कुरा हालेर आफुलाई विवादमा पार्न खोजिएको भन्दै न्युज हटाउन भनेका छन् ।

आफुले विवादित कुनै कुरा नबोलेको र समाचारमा आएजस्तै गरी आपत्ति नजनाएको उल्लेख गर्दै समाचार नहटाए आफु मुद्दामा जाने चेतावनी पनि उनले दिएका छन् । नबोलेको कुरालाई खण्डन पठाउन पटक पटक आग्रह गर्दा पनि आक्रोशमा आएका शाक्यले समाचार नहटाए राम्रो नहुने समेत बताएका छन् । पटक पटक भर्खर डिलिट गर्न चेतावनी दिएका उनले डिलिट नगरे आफुले नछाड्ने धम्की समेत दिएका छन् ।

जस्ले जसरी पूजा गरेपनि आफुलाई किन आपत्ति हुने भन्दै शाक्यले बेकारको कुरामा समाचार बनाएको आरोप समेत लगाएका छन् ।

शाक्यले बुधबार साँझ खबरकुराले मागेको प्रतिक्रियामा आफु एमाले भएकाले बोल्दा विवाद आउने होकी भन्दै म्ह पूजामा जानुमा गृहमन्त्रीको दोष नभएको तर आयोजकले बिधि नपुर्याएको बताएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ३ : २५ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा