बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन संचारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
खबरकुरा डट कमको तेस्रो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री चौधरीले प्रदेश यस्तो बताएका हुन् । चौधरीले बुटवललाई केन्द्र बनाएर खबरकुराले सूचना, ज्ञान र मनोरञ्जनका सामग्री पस्कन सफल भएकोमा शुभकामना दिएका छन् ।
चौधरीले समाजको रुची र चासोका सूचना पस्कन र समाजमा सकारात्मक सोंच विकास गर्न प्रेरित गर्न सुझाव पनि दिएका छन् ।
शुभकामना सन्देशमा चौधरीले नागरिकको समृद्धिप्रतिको आकांक्षालाई पूरा गर्न थप जिम्मेवारीका साथ अघि वढेका बताएका छन् । उनले प्रदेश सरकारप्रति नागरिकहरुमा थप आशा र विश्वाश जगाउनु प्रमुख चुनौती रहेको बताउँदै यसको औचित्य पुष्टि गर्दै संघीयताको असल कार्यान्यन पनि प्रदेश सरकारवाटै हुनुपर्छ भन्ने आफ्नो मत रहेको जनाएका छन् ।




















प्रतिक्रिया