११ चैत्र २०८२, बुधबार | March 25, 2026

मेक्सिकोमा लागु औषध तस्करसँगको झडपमा १० जनाको मृत्यु



मेक्सिको सिटी । मेक्सिकोमा दोहोरो झडपमा भएको गोली हानहानमा परी १० जनाको मृत्यु भएको छ । उत्तरी मेक्सिको सुरक्षाकर्मी माथी बन्दुकधारीको एक समूहले गोली प्रहार गरे पछि जवाफी कारबाही हुदाँ १० जनाको मृत्यु भएको हो ।

मेक्सिको सिभिल फोर्सका सुरक्षाकर्मी सवार तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका बेलामा अचानक बन्दुकधारी समुहले गोली प्रहार गर्न सुरु गरेका थिए । मेक्सिकोका सुरक्षा सचिव गेरार्डो पालासियोसका अनुसार अनुसार त्यसपछि सुरु भएको दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिन पुगेका छन ।

उनका अनुसार  सो दोहोरो झडपमा परी सिभिल फोर्सका चार जना सुरक्षाकर्मी पनि घाइते हुन पुगेका छन ।

सो आक्रमण हिंसा प्रभावित क्षेत्र मानिने न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेको सुरक्षा सचिव पालासियोसले जानकारी दिए ।

मेक्सिको सरकारले सन २००६ देखी लागुऔषध विरोधी अभियान सुरु गरेयता मात्रै तीन लाख बढीको तस्करहरुको हत्या भईसकेको छ । सो घटना पनि लागुऔषध तस्करको सङ्गठित आपराधिक गिरोह हुन सक्ने मेक्सिको प्रहरीले जनाएको छ । उसका अनुसार सो घटनाका बारेमा थप छानबिन भईरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ५९ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई