४ पुस २०८२, शुक्रबार | December 20, 2025

५०० रुपैयाँले बढ्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ । बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो । यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो । बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १२ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको