५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार भएको द्विपक्षीय प्रतिनिधिमण्डलबीचको वार्तापछि सम्झौता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सो सम्झौता सार्वजनिक गरिएको छ । सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले सम्बोधन गर्दै नयाँ सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याएको बताएका छन् ।

सम्झौतामा नेपाल भारत पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने सहमति भएको छ । यसैगरी नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने सम्झौता भएको छ ।

त्यस्तै, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने र तल्लो अरुणको पीडिए गर्ने सम्झौता पनि भएको छ । यसैगरी क्रस बोर्डर पेमेन्स सिस्टम सुरु गर्ने सम्झौता पनि भएको छ ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : ४९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य