६ पुस २०८२, आइतबार | December 21, 2025

हाइ-वेज, आई-वेज र ट्रान्स-वेज बीचको तातो सम्बन्धले ब्यापकता पायो : भारतीय प्रधानमन्त्री मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुले ९ वर्ष अघि नै नेपालसँग हाइवेज, आई वेज र ट्रान्स वेज बीचको तातो सम्बन्ध बनाउन चाहेको बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री प्रचण्डसँग आज भएको भेटवार्ता र दिवा भोज पछि साँझ सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोदीले आफुले ९ वर्ष अघि उठाएको कुराले अझै ब्यापकता पाएको बताएका छन् ।

उनले नेपाल र भारतबीचको साझेदारी अझै ब्यापक भएको चर्चा गर्दै साझेदारी र परियोजनाहरुलाई सुपरहिट बनाउन चाहेको उल्लेख गरेका छन् ।

‘नौ वर्षअघि मैले भारत–नेपाल सम्बन्ध विशेषतः –हाइवेज, आई–वेज, ट्रान्स–वेज–बीचको ‘हिट’ मित्रता बारे कुरा गरेको थिएँ । त्यस यता हाम्रो साझेदारी अझ व्यापक भएको छ र यो साझेदारी र यी परियोजनालाई हामी ‘सुपरहिट’ बनाउन चाहन्छौं ।’ उनले सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ३२ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको