११ भदौ २०८३, बिहिबार | August 28, 2026

हाइ-वेज, आई-वेज र ट्रान्स-वेज बीचको तातो सम्बन्धले ब्यापकता पायो : भारतीय प्रधानमन्त्री मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुले ९ वर्ष अघि नै नेपालसँग हाइवेज, आई वेज र ट्रान्स वेज बीचको तातो सम्बन्ध बनाउन चाहेको बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री प्रचण्डसँग आज भएको भेटवार्ता र दिवा भोज पछि साँझ सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोदीले आफुले ९ वर्ष अघि उठाएको कुराले अझै ब्यापकता पाएको बताएका छन् ।

उनले नेपाल र भारतबीचको साझेदारी अझै ब्यापक भएको चर्चा गर्दै साझेदारी र परियोजनाहरुलाई सुपरहिट बनाउन चाहेको उल्लेख गरेका छन् ।

‘नौ वर्षअघि मैले भारत–नेपाल सम्बन्ध विशेषतः –हाइवेज, आई–वेज, ट्रान्स–वेज–बीचको ‘हिट’ मित्रता बारे कुरा गरेको थिएँ । त्यस यता हाम्रो साझेदारी अझ व्यापक भएको छ र यो साझेदारी र यी परियोजनालाई हामी ‘सुपरहिट’ बनाउन चाहन्छौं ।’ उनले सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ३२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि