८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

विभाग प्रमुख र प्रदेश इन्चार्जको जिम्मेवारी तोक्दै सकियो एमाले सचिवालय बैठक



काठमाडौँ । विभागिय प्रमुख र प्रदेश इन्चार्जको जिम्मेवारी तोक्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्षलाई ३२ वटा विभाग संयोजनको जिम्मेवारी दिएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले सबै उपाध्यक्षलाई विभाग संयोजन जिम्मेवारी दिएको हो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार योजना तथा नीति विभागमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई संयोजनको जिम्मेवारी दिइएको छ।

त्यसैगरी पूर्वाधार विगभामा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा ‘बादल’, सामाजिक विकास विभाग अष्टलक्ष्मी शाक्य, मानव स्रोत विभागमा युवराज ज्ञवाली, सुशासन विभागमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागमा विष्णु पौडेललाई संयोजकको जिम्मेवारी दिइएको छ ।

बैठकले सबै सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको पनि ज्ञवालीले जानकारी दिए।

जसअनुसार एमालेले कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्यालले इन्चार्जको जिम्मेवारी पाएकी छन्।

एमालेले कर्णाली प्रदेशका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्जमा सचिव छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ। बागमतीमा भने पछि तोक्ने गरि बैठक सम्पन्न भएको ज्ञवालीले बताए ।

एमालेले संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारीलाई जिम्मा दिएको छ । केन्द्रीय सचिवालयको बैठकले प्रचार तथा प्रकाशन विभागमा राजेन्द्र गौतमलाई जिम्मा दिएको छ । यसअघि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए ।

एमालेले जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्यलाई पठाउँने र केन्द्रीय सदस्यहरुले पालिका इन्चार्जको जिम्मेवारी लिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : ४० बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ