२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!



काठमाडौं । आज हामी बास्तु रंगका बारेमा कुरा गर्नेछौं । यी कुरालाई ध्यानमा राखेर बार अनुसारका रंग परिबर्तन गरेर  लुगा लगाउनुहोस्, यसो गर्नाले तपाईको जीवनमा ठूलो परिवर्तन आउनेछ । लामो समयदेखि चलिरहेको समस्यालाई धेरै हदसम्म समाधान गर्न सकिन्छ ।

वास्तु विज्ञ बिन्दु शाङ्गरीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने ? भन्ने बारे जानकारी दिएकी छिन् ।

अब बिलम्ब नगरी उनको कुरा सुनौ‌ ।

पहिलो दिन अर्थात आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन बिन्दुले सुझाव दिएकी छिन् । उनका अनुसार यी सबै रंगहरूले तपाईको जीवनमा रंग थप्न काम गर्नेछ ।

यसले तपाईको जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ । यो ‘कलर थेरापी’ अपनाएर तपाईको मन पनि शान्त रहनेछ ।

यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ । यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट मानसिक शान्ति पाउनुहुनेछ र यसले रक्त कोशिकाहरूमा पनि राम्रो प्रभाव पार्छ ।

अर्कोतर्फ, पहेँलो रङ लगाउनाले तपाईको बुद्धिको विकास हुन्छ, तपाईलाइ चनाखो बनाउँछ । नीलो रंगको पहिरनले मनमा हुने उथलपुथललाई शान्त गराउँछ । यो रंग धेरै चिसो मानिन्छ । सेतो रंग शान्तिको प्रतीक हो । गुलाबी रंगले आँखालाई शीतलता दिन्छ, यसले तपाईंको मनमा प्रेम र दयाको संचार प्रदान गर्दछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ०० बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन