८ चैत्र २०८२, आइतबार | March 22, 2026

पत्रकार शुद्धिकरणमा रुपन्देहीमा किचलो : जिल्लाको शुद्धिकरणको प्रस्ताव प्रेस चौतारीबाट अस्वीकार



बुटवल । शुद्धिकरण अभियानमा केन्द्रीय नीतिलाई पालना नगरेको भन्दै पत्रकार महासंघ रुपन्देहीले गरिको शुद्धिकरणको सिफारिसलाई एमाले निकट पत्रकार संस्था प्रेस चौतारी रुपन्देहीले अस्वीकार गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय मापदण्ड विपरित शुद्धिकरणको प्रस्ताव ल्याइएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा प्रेस चौतारीले उठाएको दाबी गर्दै महासंघको केन्द्रले मापदण्ड बनाएर शुद्धिकरणको अभियान अगाडि बढाएकोमा धन्यवाद दिएको छ ।

बैठक पछि आज एक विज्ञप्ति प्रकाशित गर्दै चौतारीले महासंघ रुपन्देहीले ल्याएको प्रस्ताव एकपक्षीय, पूर्वाग्रही र गलत रहेको र केन्द्रीय मापदण्डलाई ठाडै कुल्चेर जिल्लामा शुद्धिकरण मापदण्डको नीति अपनाइएको आरोप लगाएको छ । महासंघ रुपन्देहीको प्रस्ताव विरुद्ध प्रेस चौतारी रुपन्देहीले चरणवद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ । महासंघको जिल्ला नेतृत्वलाई निर्णय सच्याउनका लागि ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने र सो अवधिभित्र केन्द्रीय मापदण्ड अनुरुप निर्णय नगरिए थप संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

महासंघको जिल्ला नेतृत्वले शुद्धिकरणभित्र राखेका ७७ जना मध्ये केही पत्रकारितामा क्रियाशिल रहेको र उस्तै प्रकृतिका पेशामा रहेका सदस्यहरुमध्ये केहीलाई केहीलाई शुद्धिकरणभित्र पारिएको र केहीलाई जोगाउने प्रपन्च रचिएको भन्दै प्रेस चौतारीले त्यो किमार्थ स्वकार्य नहुने बताएको छ । महासंघलाई शुद्धिकरण गरिनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी दृढ र प्रतिवद्ध रहेको भन्दै बैठकले यसका लागि महासंघको शुद्धिकरण समितिले तयार गरेको मापदण्डलाई मात्रै आधार मान्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १० : ०६ बजे

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता