७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो



पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा ११ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा अर्घाखाँची पाणिनी गाउपालिकाका जन प्रतिनिधि ४४ वर्षीय विजय पोखरेल, पाणिनी १ की ६५ वर्षिया स्यामकला परीवार, २६ वर्षिय चालक रमेश बिक, अर्घाखांची पाणिनी २ पोखरा थोककी २५ वर्षिया सिता गौतम र २ वर्षिय नावालक संयोग गौतम रहेका छन् । नावालक गौतम र जनप्रतिनिधि पोखरेलको बुटवलको चौराह हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, चौराहा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रादेशिक अस्पताल बुटवलमा पाणिनी १ का वर्ष ६६ का राम बहादुर बिक, वर्ष ६ का संयोग गौतम, वर्ष ५ की पर्थिस्ती पोख्रेल, जिल्ला गुल्मी रुरु बलेटक्सार बस्ने वर्ष ९ को सार्थक जवाली र पाणिनी १ बस्ने वर्ष २० को सोलिन परीयार उपचाररत रहेका छन् ।

त्यसैगरि बुटवल स्थित चौराहा अस्पतालमा वर्ष ४० को हरी गौतमको उपचार भइरहेको छ भने भैरहवा मेडिकल कलेजमा अर्घाखाँची छत्रदेव ४ धरमपानी बस्ने वर्ष ७ को समिर पाण्डे, वर्ष १० को अनुप सोमरे, पाल्पा तिनाउ ३ डोभान बस्ने वर्ष ५ की आर्या भण्डारी र आर्याकी आमाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ५३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज