५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा घर फोडेर गरगहना र नगद चोरी गर्ने दुई जना पक्राउ



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले घर फोडेर सुनका गरगहँना तथा नगद चोरी गर्ने दुई युवालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार प्रकाउ गरी अनुसन्धान अघि बढाएको हो ।

पक्राउ पर्नेमा बुटवल-१७ रानीगञ्ज बस्ने २१ वर्षीय विजय परियार र सोही ठाउँका २२ वर्षीय सुरज घर्तीमगर रहेका छन् ।

जेष्ठ १९ गते बुटवल उपमहानगरपालिका-१७ नानीगञ्जमा बस्ने गिता पाण्डेको घरको भित्ता फोडी उनीहरुले सुनका बाला, चन्द्रमा, झुम्का तथा नगद चोरी गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल–१७ रानीगंज स्थित पुलमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको थियो । उनीहरुको साथबाट चोरी भएको सुनका केही गरगहना र नगद २५ हजार रुपैया समेत फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ४८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता