५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा फेरि अर्को सहकारीको लुट धन्दा, शाइन बहुउद्देश्यीय सहकारीका अध्यक्ष लाखौं रकम कुम्ल्याएर बेपत्ता



बुटवल । बुटवल लगायत नेपालका बिभिन्न शहरहरुबाट बचत सहकारी, लघुबित्त र बहुउद्देश्यीय सहकारीहरुको ठगी अभियान निरन्तर चलिरहेको छ । त्यसको पछिल्लो कडिकारुपमा बुटवलमा रहेको शाइन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ता तथा लगानीकर्ताको लाखौ रकम कुम्ल्याएर बेपत्ता भएका छन् । सहकारीका अध्यक्ष समेत रहेका प्रकाश खनालले बचतकर्ता, शेयरधनी र कर्मचारी समेतको रकम कुम्ल्याएर बेपत्ता बनेका हुन् ।

सहकारीको साधारणसभामा ३ महिनाको म्याद मागेर सम्पूर्ण रकम तिर्ने भाका पाएका खनाल २ भाका मागेको ३ महिना पुगेसँगै सम्पर्क बिहिन बनेको बचतकर्ताहरुले बताएका छन् । साधारणसभामा उनले बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने प्रतिवद्धता गरेका थिए ।

३ महिनाको भाका मागेर बन्द गरिएको सहकारीमा बचतकर्ता, कार्यरत कर्मचारीहरुको र शेयरधनीहरुको समेत रकम कुम्ल्याएर अध्यक्ष सम्पर्कविहिन भएपछि पीडितहरु प्रहरी गुहार्न पुगेका छन् । सोमबार पीडितहरुले अध्यक्ष खनाल बस्दै आएको बुटवल–११ देविनगरको घर घेराउ गर्न पुगेका थिए । यसैगरी सहकारीको कार्यालयमा समेत पुगेका उनीहरु कार्यालयको मूल गेटमै ताला झुण्डिएको देखेपछि निराश हुँदे घर फर्केका छन् ।

बुटवलको देविनगरमा सामान्य पसल सञ्चालन गरेर बसेकी गोमा खड्काले आफ्ना २ छोराछोरीको पढाई खर्च जुटाउन आफूले खाइनखाई बचत गरेको ५० हजार बढी रकम सहकारीमा रहेको बताइन् ।

तिलोत्तमा–७ घर भई हाल बुटवलमा व्यापार व्यवसाय गर्दै आएका योगेश पाण्डेले ७८ साल भाद्रमहिनादेखि मासिक रुपमा रकम जम्मा गर्दै आएको ६० हजार बढी रकम डुब्ने सम्भावना देखिएको बताए । उनले पटकपटक गरि आफुले रकम निकालेकाले केहि रकम जोगिएको बताए । थिए ।

पीडित पाण्डेका अनुसार पीडितहरुले लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालय दाङ पुगेर उजुरी दर्ता गराएका छन् । उक्त कार्यालयले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्र काटेको छ भने जिल्ला प्रशासनले ईलाका प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि निर्देशन समेत दिएको छ ।

आफूहरुले न्याय पाउनेमा विश्वास गुम्दै गएको पीडित मध्येका प्रदिप थैवले गुनासो गरे । सहकारीबाट ३ लाख बढी रकम आफूले पाउनु पर्ने बताएका थैवका अनुसार दोषीलाई प्रहरीले प्रक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन नदेखाएको आरोप लगाए । सहकारी सम्बन्धि नियामक निकाय समेत समस्याप्रति गम्भिर नभएको पीडितहरुको गुनासो छ ।

सहकारीले बचतकर्ताको मात्रै होइन स्वयम् सहकारीका कर्मचारीहरुलेपनि आफुहरुको समेत रकम ठगी गरेर फरार रहेको गुनासो गरेका छन् । सहकारीमा आवद्ध कर्मचारीहरुको मात्रै ३० लाख बढी बचत रकम निकाल्न नपाएको उनीहरुले बताए ।

सहकारीमा कार्यरत कर्मचारी करिश्मा श्रेष्ठले आफूलेको काम गरेबापत २ महिनाको मासिक पारिश्रमिक पाएकी छैनन् भने बचतमा रहेको ५० हजार पनि निकाल्न पाइनन् । यसैगरी अन्जना मल्लिकले पनि २ महिनाको तलव सुविधा नपाएको र बचतमा रहेको ४ लाख रकम निकाल्न नपाएको गुनासो गरिन् ।

पीडित कर्मचारीहरुका अनुसार सहकारीका अध्यक्ष खनालको सुरुदेखिकै जीवन शैली र पछिल्लो समय देखाएको गतिविधिले ठगी गर्ने नियत अनुमान गर्दागर्दै अध्यक्ष बेपत्ता भएको उनीहरु बताउँछन् । सहकारीको बैंक प्रबन्धक रहेकी अनिता पछाईको समेत १५ लाख बचत रकम डुबेको छ भने काम गरेको पारिश्रमिक समेत पाएकी छैनन् । करिब ५ हजार साधारण सदस्य रहेको उक्त सहकारीमा नियमित बचत गर्ने १५ सय बढी सदस्य रहेका थिए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दाबहादुर थापाले आवश्यक कारबाहीका लागि सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भैरहेको बताए । सञ्चालक खनाल बुटवल क्षेत्रमै नभएको आशंकामा नियन्त्रणका लागि अन्य ठाउँमा समेत समन्वय गर्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ९ : ४९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य