२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

अवैध आप्रावासीलाई बेलायतमा कडाई, अब उनीहरुलाई पानी जहाजमा राखिने



लन्डन । बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएको छ । जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन ।

उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अवैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन ।

त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए। साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन् । यसमा लगभग १००० अबैद्य आप्राबासीलाई राख्न सकिनेछ ।

अवैध आप्रवासी रोक्ने विधेयक संसदबाट पारित भएको जानकारी दिदै प्रधानमन्त्रीले उनीहरुलाई अब जहाजमा राखिने जानकारी दिएका हुन । उनका अनुसार अब बेलायती सरकारलाई गैरकानुनी रुपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएको छ । ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटलबाट बाहिर निकाल्नेछौं, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने ।

सुनकले स्थानीय समुदायको दवाव कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन् । उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ६ : ५६ बजे

फ्राइडे रिलिज आजबाट ‘मनसरा’ प्रदर्शन

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान