९ श्रावण २०८३, शनिबार | July 25, 2026

अवैध आप्रावासीलाई बेलायतमा कडाई, अब उनीहरुलाई पानी जहाजमा राखिने



लन्डन । बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएको छ । जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन ।

उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अवैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन ।

त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए। साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन् । यसमा लगभग १००० अबैद्य आप्राबासीलाई राख्न सकिनेछ ।

अवैध आप्रवासी रोक्ने विधेयक संसदबाट पारित भएको जानकारी दिदै प्रधानमन्त्रीले उनीहरुलाई अब जहाजमा राखिने जानकारी दिएका हुन । उनका अनुसार अब बेलायती सरकारलाई गैरकानुनी रुपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएको छ । ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटलबाट बाहिर निकाल्नेछौं, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने ।

सुनकले स्थानीय समुदायको दवाव कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन् । उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ६ : ५६ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को