७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो



काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने बहानामा ७० को नजिक पुगेका नेताहरुलाई आजीवन पदमा बस्ने बाटो खुल्ला गरिएको हो । सचिवालयको बैठकले विधानमा भएको प्रावधानमा बाधा फुकाइएको बताइएको छ ।

गत शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने भन्दै उपाध्यक्ष विष्णु प्रसाद पौडेलको प्रस्तावमा बिधानमा रहेको बाधा पुकाइएको बताइएको छ ।

एमालेको २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो । सो महाधिवेशनबाट पारित विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर अनुमोदन गर्नेगरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको एमालेका एक सचिवालय सदस्यले बताए ।

आठौं महाधिवेशनबाट ७० वर्षे हदको व्यवस्थाले पार्टीमा भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत उमेरकै कारणले बिदाइ भएका थिए भने २०७८ को चितवन महाधिवेशनबाट एमालेका संस्थापक मध्येका अमृत बोहोराले उमेरकै कारण बिदा लिएका थिए ।

२०७७ फागुनमै ७०औं जन्मदिन मनाएका ओलीले ७० वर्ष पार नगरेको भन्ने प्रावधानकै कारणले २०७८ मंसिरको दशौं महाधिवेशनबाट अध्यक्ष दोहोरिन पाएका थिए । अहिले भएको बाधा फुकाउको निर्णयले अध्यक्ष केपी ओलीलाई बाँचुन्जेल अध्यक्ष बन्ने बाटो फुक्नुका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नवप्रवेशी नेता मुकुन्द न्यौपाने लगायतले पनि पदाधिकारी बन्न पाउने भएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : १७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११