५ पुस २०८२, शनिबार | December 20, 2025

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो



काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने बहानामा ७० को नजिक पुगेका नेताहरुलाई आजीवन पदमा बस्ने बाटो खुल्ला गरिएको हो । सचिवालयको बैठकले विधानमा भएको प्रावधानमा बाधा फुकाइएको बताइएको छ ।

गत शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने भन्दै उपाध्यक्ष विष्णु प्रसाद पौडेलको प्रस्तावमा बिधानमा रहेको बाधा पुकाइएको बताइएको छ ।

एमालेको २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो । सो महाधिवेशनबाट पारित विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर अनुमोदन गर्नेगरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको एमालेका एक सचिवालय सदस्यले बताए ।

आठौं महाधिवेशनबाट ७० वर्षे हदको व्यवस्थाले पार्टीमा भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत उमेरकै कारणले बिदाइ भएका थिए भने २०७८ को चितवन महाधिवेशनबाट एमालेका संस्थापक मध्येका अमृत बोहोराले उमेरकै कारण बिदा लिएका थिए ।

२०७७ फागुनमै ७०औं जन्मदिन मनाएका ओलीले ७० वर्ष पार नगरेको भन्ने प्रावधानकै कारणले २०७८ मंसिरको दशौं महाधिवेशनबाट अध्यक्ष दोहोरिन पाएका थिए । अहिले भएको बाधा फुकाउको निर्णयले अध्यक्ष केपी ओलीलाई बाँचुन्जेल अध्यक्ष बन्ने बाटो फुक्नुका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नवप्रवेशी नेता मुकुन्द न्यौपाने लगायतले पनि पदाधिकारी बन्न पाउने भएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता