६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भारत भ्रमणमा राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम गरेको छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबाट नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनेको दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट विश्वासको वातावरण बनेको बताएका हुन् । प्रचण्डले भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै असन्तुष्टि जनाए । उनले राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम नगरेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको वातावरण बनानाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताएका छन् । आफ्नो भ्रमणबाट त्यो विश्वासको वातावरण बनेको उनले जिकिर गरेका हुन् । उनले आफुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको जिकिर गर्दै सीमा समस्याको समाधान कुटनीतिक संयन्त्रमार्फत छिटो टुंग्याउन आग्रह गरेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा समस्याको समाधान छिटो गर्नुपर्ने बताएका उनले बताए ।

प्रधानमन्त्रीले भारतीय पक्षसँग जमिन सट्टापट्टबारे कुनै कुरा नगरेको स्पष्ट पारे । बरु अहिले सट्टा भन्ने शब्दको विरोध गर्ने नेताहरुले नै विगतमा सट्टाको कुरा निर्णय गराएको उनले दाबी गरे ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १ : ३४ बजे

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि