६ पुस २०८२, आइतबार | December 21, 2025

दक्षिण अफगानिस्तानमा दुर्घटना : नौ जनाको मृत्यु, एक्तिस घाइते



कलात, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा नौ यात्रुको मृत्यु हुनुका साथै अन्य ३अफगानिस्तान१ जना घाइते भएका छन् ।

प्रान्तीय राजधानी कलात शहरमा यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनसँग ठोक्किँदा बालबालिका र महिलासहित नौ जनाको घटनास्थलमै मृत्यु भएको र ३१ जना घाइते भएका प्रान्तीय प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार साँझ अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा यात्री बोकेको एउटा मिनीबस खाल्डोमा खस्दा २४ जनाको मृत्यु भएको थियोभने सोही दिन बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा महिला र बालबालिकासहित १५ जना यात्री घाइते भएका थिए ।

यात्राको क्रममा सडक सुरक्षा उपाय नअपनाइने युद्धग्रस्त अफगानिस्तानमा भीडभाड भएका सडकमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा प्रायः गम्भीर प्रकृतिका दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ४ : १३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ