९ आश्विन २०८०, मंगलबार | September 26, 2023

बसको ठक्करबाट स्कुटर चालकको निधन हुँदा मोरङमा तनाव



मोरङ । मोरङको उर्लाबारी नगरपालिका-३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन ढकालले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका स्कुटर चालकको परिचय खुलेको छैन । दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा क्षति पुगेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ५ : ५१ बजे

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७

शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक एकसाता पछि सर्‍यो

काठमाडौं। आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ

प्रज्ञा भवनमा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं। काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु