३१ भदौ २०८१, सोमबार | September 16, 2024

चालकले लागुऔषध सेवन गर्न थालेपछि रुपन्देही ट्राफिक लापसे परीक्षणमा



भैरहवा । चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरू गरेको छ ।

सिमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागुऔषधको सेवन गरी सवारी चलाउदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यकामा चालकहरुले लागु औषध सेवन ९लापसे०गरे नगरेको परिक्षण गरिएको हो ।

पश्चिमाञचल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागुऔषध सेवन गरे नगरेको परिक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकारराज पन्तले बताए । ुप्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै सिमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरुको चालकको परिक्षण गरेका छौ, आकस्मिक रुपमा बेला बेलामा विभिन्न ठाउमा यो परिक्षण गर्ने गरेका छौ,ु उनले भने । उनका अनुसार जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परिक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांस चालकहरुको परिक्षण गरेका छौ, केही संकास्पद देखिएपछि किट मार्फत परिक्षण गरिएको उनले भने । परिक्षण गरिएको ११ जना मध्ये ३ जनाले लागुऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले भने ।

विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका प्रहरीलाई बुझाएका छौ, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारवाही हुने छ ।

ट्राफिक प्रहरीले अहिले परिक्षण गर्ने किटले ६ प्रकारको लागु औषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनि किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सिमित किट मार्फत छड्के परीक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ । एक साता अघि पनि रुपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागु औषध सेवन गरि सवारीसाधन चलाएको पाएपछि कारवाही गरेको थियो । कारवाहीमा पर्ने डरले सिमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरु सचेत हुदै गएपनि पूर्ण रुपमा रोक्न सकिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ३ : ०० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित