१० आश्विन २०८०, बुधबार | September 27, 2023

प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ



जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीको भनाइ छ ।

उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।

उनी शान्तिविरुद्धको अपराध मुद्दा शिर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ५ : ४० बजे

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

ल्हासा। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज

स्वास्थ्यमन्त्री बस्नेत बोले : चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ

चितवन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा

Tourism Minister welcomes foreign tourists

Kathmandu: Foreign tourists were welcomed at the Kathmandu-based Tribhuvan International

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार