९ श्रावण २०८३, शनिबार | July 25, 2026

तिलोत्तमाको योगीकुटीमा स्कार्पियो दुर्घटना : १ जनाको मृत्यु ५ घाइते



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक खण्ड अन्र्तगत शनिबार राती तिलोत्तमाको योगिकुटी शान्तिकुञ्जमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न ३ योगिकुटीको शान्तीकुञ्ज चोकस्थित विद्युतको पोलमा स्कार्पियो ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गाडी चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् । उनीहरु पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ५८ बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख