६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिका बसेर जन्मभुमिमा तिर्खाएकालाई चिसो पानी र मोही



खजुरा । अत्याधिक गर्मीले काकाकुल भएका स्थानीयलाई अमेरिकामा रहेका खजुरेली युवाले चिसो पानी, मोही र सर्बत बितरणका लागि सहयोग पठाएका छन् । बिगत केहीदिनदेखि आकासिएको गर्मीका कारण ब्याकुल भएका स्थानीयलाई अमेरिकामा रहेका बाँके खजुरा डि गाउँका लिल बहादुर थापाले स्थानीय क्लव मार्फत चिसो पानि, दहि फिटेको मोही, कागती पुधिना पानी, ट्याङ्ग लगाएतको सर्वत वितरण गराएका हुन् ।

खजुरा युवा सञ्जाल मार्फत थापाले अमेरिकाबाट सहयोग पठाएर बाँकेको खजुरामा आज दिनभरि पानी वितरण गरिएको थियो । गर्मीले आक्रान्त पारेको खबर सामाजिक सञ्जाल र समाचारहरुबाट थाह पाएका थापाले सडकमा हिँड्ने बटुवा र श्रमिकहरुलाई लक्षित गरि पानी तथा सर्वत र मोही वितरण गरिदिन आग्रह आएको सञ्जालका अध्यक्ष देव बहादुर कुँवरले बताए ।

आदर्श युवा सञ्जालका सदस्यहरुको सक्रियताले १४ सय बढी स्थानीयलाई पानी सहित सर्वत बनाएर वितरण गरिएको सञ्जालका सह सचिव तथा कार्यक्रम संयोजक खगेन्द्र दाहालले जानकारी दिए । विहान ९ बजेबाट साँझ ५ः३० बजेसम्म चिसो पानी सहित मोही र सर्वत वितरण गरिएको थियो ।

सञ्जालमा आवद्ध ३५ जना युवाले बिहानैबाट पानी वितरणको व्यवस्था गर्न थालेपछि स्थानीय व्यवसायीहरुले पनि स्वस्फुर्तरुपमा पानी, चिनी, सर्वत बनाउने सामाग्री उपलब्ध गराएका थिए । नेपालमा भोगेको गर्मीको पीडा अमेरिकामा महसुस गरेर थापाले सहयोग पठाएको सञ्जालका सचिव सुवास निरौलाले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : ४२ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट