२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

अमेरिका बसेर जन्मभुमिमा तिर्खाएकालाई चिसो पानी र मोही



खजुरा । अत्याधिक गर्मीले काकाकुल भएका स्थानीयलाई अमेरिकामा रहेका खजुरेली युवाले चिसो पानी, मोही र सर्बत बितरणका लागि सहयोग पठाएका छन् । बिगत केहीदिनदेखि आकासिएको गर्मीका कारण ब्याकुल भएका स्थानीयलाई अमेरिकामा रहेका बाँके खजुरा डि गाउँका लिल बहादुर थापाले स्थानीय क्लव मार्फत चिसो पानि, दहि फिटेको मोही, कागती पुधिना पानी, ट्याङ्ग लगाएतको सर्वत वितरण गराएका हुन् ।

खजुरा युवा सञ्जाल मार्फत थापाले अमेरिकाबाट सहयोग पठाएर बाँकेको खजुरामा आज दिनभरि पानी वितरण गरिएको थियो । गर्मीले आक्रान्त पारेको खबर सामाजिक सञ्जाल र समाचारहरुबाट थाह पाएका थापाले सडकमा हिँड्ने बटुवा र श्रमिकहरुलाई लक्षित गरि पानी तथा सर्वत र मोही वितरण गरिदिन आग्रह आएको सञ्जालका अध्यक्ष देव बहादुर कुँवरले बताए ।

आदर्श युवा सञ्जालका सदस्यहरुको सक्रियताले १४ सय बढी स्थानीयलाई पानी सहित सर्वत बनाएर वितरण गरिएको सञ्जालका सह सचिव तथा कार्यक्रम संयोजक खगेन्द्र दाहालले जानकारी दिए । विहान ९ बजेबाट साँझ ५ः३० बजेसम्म चिसो पानी सहित मोही र सर्वत वितरण गरिएको थियो ।

सञ्जालमा आवद्ध ३५ जना युवाले बिहानैबाट पानी वितरणको व्यवस्था गर्न थालेपछि स्थानीय व्यवसायीहरुले पनि स्वस्फुर्तरुपमा पानी, चिनी, सर्वत बनाउने सामाग्री उपलब्ध गराएका थिए । नेपालमा भोगेको गर्मीको पीडा अमेरिकामा महसुस गरेर थापाले सहयोग पठाएको सञ्जालका सचिव सुवास निरौलाले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : ४२ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख