९ श्रावण २०८३, शनिबार | July 26, 2026

संसदमा अब्दुल खानको प्रश्न- नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी कसले लिन्छ ?



काठमाडौं । प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सोही क्रममा केही दिनअघि एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै बैठकमा उनले भने, ‘सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ । यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?’

नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखट्न भन्दै उनले भने, के नागरिकता माग्नु अपराध हो ? यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।’

सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याए पनि न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउँदै उनले यसबारे गृहमन्त्रीको समेत जवाफ मागेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ४१ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको