१० पुस २०८२, बिहिबार | December 25, 2025

संसदमा अब्दुल खानको प्रश्न- नागरिकताको विषयमा सामूहिक आत्मदाह भए जिम्मेवारी कसले लिन्छ ?



काठमाडौं । प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

सोही क्रममा केही दिनअघि एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै बैठकमा उनले भने, ‘सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ । यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?’

नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखट्न भन्दै उनले भने, के नागरिकता माग्नु अपराध हो ? यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।’

सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याए पनि न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउँदै उनले यसबारे गृहमन्त्रीको समेत जवाफ मागेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ४१ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न