९ श्रावण २०८३, शनिबार | July 26, 2026

लागुऔषधसहित पाँचजना पक्राउ



काठमाडाैं । कैलाली, सुर्खेत र बाँकेबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

कैलालीकाे गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ बस्ने २४ वर्षीय विनोद दियाललाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सागर गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका-१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटालाई  प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ४२ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको