७ आश्विन २०८३, बुधबार | September 23, 2026

विभिन्न हातहतियारसहित दुईजना पक्राउ



काठमाडौं । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाले बोकेको झोला सडकमा फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो । साथै प्रहरीले बानियालाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बस्ने २१ वर्षीय शशी राईलाई भरुवा बन्दुक २ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज