२६ माघ २०८२, सोमबार | February 9, 2026

‘आदिपुरुष’ बारे भुवन केसीले मुख खोले, ‘बोर्डले भनेको नमान्दा यो स्थीति आयो’



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’का बारेमा मुख खोलेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आदिपुरुषको संबादलाई लिएर काठमाडौंमा सो सिनेमा चलाउन नदिने जनाएको प्रसङ्ग जोडदैँ बोर्डले भनेको नमान्दा यो स्थीति आएको पनि उनले जनाएका छन् ।

‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’ उनले भनेका छन, ‘विरोधका वावजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐठन भयो र तीन दिनमा झारियो। तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।’

उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका बिषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधिनता, हाम्रा विभूतिहरु माथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो ।

‘र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केहि दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो,’ उनले भने ।

भारतको बहुप्रतिक्षित फिल्म आदिपुरुषका बारेमा उनले भनेका छन, ‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाईदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ।’

‘यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ?’ उनलेक भनेका छन, ‘तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन,’ उनले भने ।

मेयर साहले सीतालाइ भारतीय छाेरी भनेर साे चलचित्रमा उल्लेख गरेपछि काठमाडाैंमा प्रतिबन्ध लगाउने घाेषणा गरेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ३४ बजे

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा

सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र

कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न कांग्रेस उपभापति शर्माको आग्रह

चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी

जाँचबुझ आयोगको समयावधि २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ