६ पुस २०८२, आइतबार | December 21, 2025

पाकिस्तानी राजदूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा १८औँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

ललितपुर गोदाबरी–३ किटिनीमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमेर अली, नेपाल– पाकिस्तान मैत्री तथा संस्कृतिक सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, गोदावरी–३ का वडा अध्यक्ष राज घिमिरेले संयुक्तरुपमा गरे ।

कार्यवाहक राजदूत अलीले निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनुले दुई देशका जनताबीचको नजिकको सम्बन्ध प्रतिविम्बित भएको बताए । उनले शिविर सञ्चालनका लागि नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घलाई धन्यवाद दिए । उनले आगामी दिनमा यसप्रकारका सहयोगलाई निरन्तरता दिने समेत बताए ।

शिविरमा पाकिस्तानमा अध्ययन गरेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले निःशुल्क सेवा उपलब्ध गराएका थिए । सो अवसरमा चार सयभन्दा बढी महिला तथा बालबालिकालाई तीन महिनाका लागि निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ०३ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको