११ भदौ २०८३, बिहिबार | August 28, 2026

पाकिस्तानी राजदूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा १८औँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

ललितपुर गोदाबरी–३ किटिनीमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमेर अली, नेपाल– पाकिस्तान मैत्री तथा संस्कृतिक सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, गोदावरी–३ का वडा अध्यक्ष राज घिमिरेले संयुक्तरुपमा गरे ।

कार्यवाहक राजदूत अलीले निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनुले दुई देशका जनताबीचको नजिकको सम्बन्ध प्रतिविम्बित भएको बताए । उनले शिविर सञ्चालनका लागि नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घलाई धन्यवाद दिए । उनले आगामी दिनमा यसप्रकारका सहयोगलाई निरन्तरता दिने समेत बताए ।

शिविरमा पाकिस्तानमा अध्ययन गरेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले निःशुल्क सेवा उपलब्ध गराएका थिए । सो अवसरमा चार सयभन्दा बढी महिला तथा बालबालिकालाई तीन महिनाका लागि निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ०३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि