१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

बाँकेमा खोप कार्यक्रम सहरभन्दा गाउँमा प्रभावकारी हुँदै



नेपालगन्ज । बाँकेमा बालबालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम सहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ । बालबालिकालाई लगाइएको खोपमध्ये राप्ती सोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा एक सय ७७ खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

जिल्लाको खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा एक र डुडुवा गाउँपालिकामा एक बालबालिकाले खोप लगाउन छुटेको तथ्याङ्कले देखाएको छ । तर कोहलपुर नगरपालिका, बैजानाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालबालिकाले पूर्णरूपमा सबै प्रकार खोप लगाएका छन् । बालबालिकालाई लगाइने सबै प्रकारका खोप नलगाएको (ड्रप आउट) नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी छ सय ९२ बालबालिका रहेका छन् ।

उनीहरूले केही खोप मात्रै लगाएका छन् । सबै प्रकारका खोप नलगाउने बालबालिका राप्ती सोनारीमा ५२, कोहलपुरमा ११, बैजनाथमा १८, खजुरामा एक सय ३१, जानकीमा ९५, डुडुवामा ३४, नरैनापुरमा दुई सय ६८ रहेको स्वास्थ्य कार्यालय, बाँकेले बताएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालबालिकालाई १३ प्रकारका रोग लाग्न नदिन नौ प्रकार खोप लगाइएकोे जानकारी दिए । उनले विवाहित युवतीमा देखिने पाठेघरको क्यान्सर न्यूनीकरणका लागि खोप कार्यक्रम सञ्चालन हुने बताए ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले खोपमा सबैको पहुँच विस्तार गर्न आवश्यक भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्यमा लगानी बढाइएको बताए । उनले भने, “खोप कार्यक्रममा किन कमजोरी भएको छ, यसको दीगो समाधान खोज्नुपर्छ ।”

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोपको अवस्था हेर्दा पालिका तेस्रो स्थानमा रहेको बताए । राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रराज केसीले पालिकामा ९५ प्रतिशत बढी ‘कभरेज’ रहेको उल्लेख गर्दै नौ वडामा नै महिला स्वयंसेविकाको पहुँच रहेकाले बालबालिकाले सबै खोप लगाएको बताए ।

उनले भने, “सामाजिकरूपमा नै खोप नलगाए वडाबाट पाउने सेवा र सुविधा कटौती हुने भन्ने सन्देश गएकाले पनि खोप लगाउने छुटेका छैनन ।” राप्ती सोनारी गाउँपालिकाका वरिष्ठ अहेब शङ्करबहादुर डाँगीले गाउँघरका खोप केन्द्रमा फर्निचर नभएका कारण बालबालिकालाई भुइँमा बसालेर खोप लगाउनुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : २० बजे

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक