१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पाल्पामा थप एकजनाको डुबेर मृत्यु, जलुके झरनामा डुबेर रुपन्देहीका २२ वर्षिय युवकको मृत्यु



बुटवल । पाल्पाका आज एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । आज मध्यान्ह तिनाउ ड्याममा एमजना भारतीय नागरिकको मृत्यु भएको थियो भने आजै रैनादेवी छहरा ८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका अर्का युवाको पनि डुबेर ज्यान गएको छ ।

सुद्धोदन २ जहाड बस्ने २२ वर्षिय सन्जय चौधरीको जलुके झरनामा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो साथीसंग पौडी खेल्न पुगेका चौधरी पौडी खेल्ने क्रममा झरनाको पोखरीमा डुबेकोमा साथीहरूले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रावेशक अस्पताल बुटवल पु¥याएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

आजै दिउँसो पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको गोरखपुरका ३४ वर्षीय विपिन दुसियाको मृत्यु भएको थियो ।

पछिल्लो समय तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भुत खोला, विद्युत ड्याम साइड तथा वडा नम्बर २ को खुर्साने, कालीगण्डकी, जलुके झरनालगायतका स्थानमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ ।

आज मृत्यु भएसँगै पाल्पाका ११ महिनाको अवधिमा डुबेर मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ४५ बजे

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी