६ पुस २०८२, आइतबार | December 21, 2025

समाजवादी मोर्चाबारे बाबुराम भट्टराईको टिप्पणी : ‘सबैलाई सधैं ठग्न सकिन्न’



काठमाडौं । पुर्व प्रधानमन्त्री अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशंका ब्यक्त गरेका छन् । जालझेलले समाजवादको निमार्ण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो ।’

उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका ब्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : २२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको