२४ आश्विन २०८३, शनिबार | October 10, 2026

ग्रीस डुंगा दुर्घटना : ३०० पाकिस्तानीको मृत्यु पछि मानवतस्कर माथी अपरेशन, १२ पक्राउ



इस्लामाबाद । ग्रीसमा डुङ्गा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ ।

यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश पाकिस्तानी रहेको र उनीहरु गैरकानुनी रुपमा युरोप जाने गरेको बताए ।

यद्यपी ग्रीसबाट मृत्यु भएकाहरुको यकिन संख्याको जानकारी भने पाउन सकेको छैन । उक्त दुर्घटनामा १२ जना पाकिस्तानी नागरिकले पौडी खेलेर ज्यान बचाएको अधिकारीले बताएका छन् । तर, अवैध रुपमा युरोप पठाउने १२ मानव तस्करलाई सरकारले पक्राउ गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने ‘मानव बेचबिखन सहने छैन, यसमा संलग्न सबैलाई कडा कारबाही गरिने छ ।’ पाकिस्तानले ग्रीसमा भएको दुर्घटना र ज्यान गुमाउने व्यक्तिप्रति समवेदना प्रकट गर्दै एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।

गत शुक्रबारदेखि मानव तस्करविरुद्ध कारबाही भइरहेको एफआइए अधिकारीले बताए । प्रहरीले अहिलेसम्म १२ जना संदिग्धलाई पक्राउ गरेको छ ।

डिआइजी आलम शिनवारीले मानव बेचबिखनमा संलग्नलाई पक्राउ गर्न ठूलो अभियान चलिरहेको सञ्चारकर्मीलाई बताए । ‘पाकिस्तानमा मानिसलाई ठूला सपना देखाएर अन्य देशमा पठाउने काम भइरहेको थियो,’ उनले भने, ‘यी सबै ठगी गर्नेलाई सरकारले कडा कारबाही गरिरहेको छ ।’

दुर्घटनामा परेको डुंगामा पीओके (पाकिस्तान प्रशासित कश्मीर) को खुरैरट्टा र चर्होईका २१ जना पाकिस्तानी नागरिक थिए ।

युरोपमा मानव बेचबिखनमा संलग्न चौधरी जुल्कारनैन, तलत कियानी र खालिद मिर्जाजस्ता उच्च प्रोफाइल नामहरूसहितका केही पाकिस्तानीहरू समावेश रहेको अनुसन्धान अधिकृतलाई बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ३५ बजे

इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको

अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन