१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ग्रीसमा लकडाउनको घोषणा



एजेन्सी । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन् ।

कोरोना भाइरसको महामारी न्यूनीकरण गर्न मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरिएको हो ।

ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।

लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरि अनलाइन कक्षामा फर्किएका छन् ।

त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत बन्द गरिएको छ । ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो ।

लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्रअनुसार पनि हेरफेर गर्ने क्रममा अहिले यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ४३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम