९ श्रावण २०८३, शनिबार | July 25, 2026

बाढीपहिरोबारे संसदलाई गृहमन्त्रीबाट जानकारी : हालसम्म १० जनाको मृत्यु, २६ बेपत्ता



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शनिबारयता आएको बाढीपहिरोबाट भएका क्षतिबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री श्रेष्ठले शनिबारयता आएको बाढीपहिरोबाट १० जनाको मृत्यु भएको र २६ जना बेपत्ता भएका जानकारी दिएका हुन् । शनिबार रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ ।

गृहमन्त्री श्रेष्ठका अनुसार बाढीपहिरोबाट ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको बताए ।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने जानकारी दिए ।

घरबारविहीन परिवारलाई तत्काल गुजाराको लागि १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १ : ५२ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक