२० बैशाख २०८३, आइतबार | May 3, 2026

बजेट पुस्तिकामा प्रदेशको नाम सच्याउन सभामुख घिमिरेको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विजिनयोजन विधेयकका मन्त्रालयगत कार्यक्रमम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल चलिरहँदा केही मन्त्रालयका कार्यक्रमको पुस्तिकामा प्रदेशको नाम अंकमा लेखिएपछि प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएको थियो ।

यसपछि सभामुख घिमिरेले प्रदेशको नाम सच्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले निर्देशन दिँदै भने:

माननीय सदस्यहरु, हामी विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं । सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषयहरु, खास गरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षण सहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । साथै, त्यस्ता कुनै त्रुटिहरु भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु ।

त्यसैगरी सभाको आजको कार्यसूचीमा रहेको सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरुले प्रश्न उठाइसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने समेत प्रतिबद्धता व्यक्त गरिसक्नुभएकाले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  २ : ५७ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको